मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

  कार्तिक २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सुनको भाउ मंगलबार तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १३ सय २५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर