मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १५। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक सिंहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेल पार्न सरकारले राजावादीहरूले आंतक मच्चाएको हौवा फैलाएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेल पार्न सरकारले राजावादीहरूले आंतक मच्चाएको हौवा फैलाएका छन् ।’