भारतीय सेनाबाट नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण

  भदौ २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र २०। भारतीय सेनाले नेपाली सेनालाई विभिन्न सैन्य सामग्रीहरू हस्तान्तरण गरेको छ। टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा सोमबार आयोजित एक विशेष समारोहबीच भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आएका पाण्डेले प्रधानसेनापति शर्मासँग भेटवार्तासमेत गरेका छन् पाण्डेलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर