मिडियाबाजी डटकम काठमाडौं, माघ १८ । छिमेकी मुलुक भारतले आउने आर्थिक वर्षमा नेपाललाई दिने अनुदान सार्वजनिक गरेको छ । बुधबार भारतको नयाँ बजेट सार्वजनिक गर्दै भारतीय वित्त मन्त्री निर्मला सीतारमणले विभिन्न मुलुकहरूलाई दिने अनुदानबारे जानकारी दिएकी हुन् ।
भारतीय बजेटअनुसार आगामी वर्ष भारतले नेपाललाई ५५० करोड भारू अनुदान दिनेछ ।
गत वर्ष भारतले नेपाललाई दिने अनुदान रकम ४२५ करोड भारू थियो । सुरूमा ७५० करोड भारू अनुदान दिने बजेटमा उल्लेख भए पनि पछि बजेट संशोधन गरेर रकम घटाइएको थियो । आर्थिक वर्ष २०२१,०२२ मा भारतले नेपाललाई ४४८ करोड भारू दिएको थियो ।
यसपालि भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई दिने भएको छ । भुटानले १६३२ करोड अनुदान पाउने भएको छ भने ७८८ करोड ऋण पाउने छ ।