भारतद्वारा ४.२ टन बराबरको राहत सामग्री हस्तान्तरण

  असोज २१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज २१ ।  भारत सरकारले नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि आपतकालीन राहत सामग्रीको खेप हस्तान्तरण गरेको छ । भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौँस्थित भारतीय दूतावासले दिएको जानकारी अनुसार टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको उक्त मानवीय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याई पुर्‍याइएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर