मिडियाबाजी डटकम काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले ब्याजदर वृद्धिको विरुद्धमा आज माइतीघरमा विरोध प्रदर्शन गरेको छ । संघले कात्तिक १८ गते बिहान ११ बजेदेखि ब्याजदर वृद्धिको विरोधमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । उनीहरुले माइतीघरमा १ घन्टा विरोध प्रदर्शन गर्ने जनाएका छन् । बैंकहरुको उच्च ब्याजदर वृद्धिले व्यवसाय धान्नै नसकेको भन्दै विरोध प्रदर्शन गरेको संघले जनाएको छ ।
ब्याजदरको वृद्धिको विरोधमा उनीहरुले मौन आन्दोलन गरेका हुन् । बैंक तथा वित्तीय संस्था नसुध्रिए वा सरकारले व्यवसायीको समस्या समाधानमा चासो नदिए थप आन्दोलनका कार्यक्रम अघि बढाउने संघले जनाएको छ । राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण आफूहरु मारमा परेको भन्दै यसअघि रुपन्देही, नवलपरासी र विराटनगरमा पनि उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रर्दशन गरेका थिए ।