बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

  श्रावण ०८, २०७९

मिडियाबाजी डटकम काठमाडौं, श्रावण ८। प्रहरीले काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१६,बालाजु बस्ने चन्द्रबहादुर सुनारलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। प्रहरीले सुनारलाई शनिबार बालाजुबाट पक्राउ गरको हो।उनका अनुसार सुनारले पीडितलाई प्राइम कमर्सीयल बैंक चेक काटेर दिएका थिए।

उक्त चेक बाउन्स भएपछि पीडितले प्रहरीकोमा जाहेरी दिएको प्रहरीले जनाएको छ।उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा एक दिन कैद र २४ लाख रुपैयाँ जरिवाना फैसला सुनाएको थियो। उक्त फैसलापछि उनी फरार थिए । फैसला कार्यान्वयनको लागि आइतबार ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाइएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर