मिडियाबाजी डटकम काठमाडौँ , माघ २ । नेपाल राष्ट्र बैंकले बजारबाट थप रकम खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि बुधवार केन्द्रिय बैंकले ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।
बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले आजै अर्थात् माघ २ गते मध्यान्ह २ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो । बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । यस बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न पनि सकिने छ । साँवा तथा ब्याज भुक्तानी भने अगामी कात्तिक माघ २३ गते हुनेछ ।