बेलायती महारानी एलिजाबेथको ९६ बर्षको उमेरमा निधन

  भदौ २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं भाद्र २४। बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। बिबिसीका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ।

उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्। रानी एलिजावेथका चार्ल्ससहित चार सन्तान छन्।स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ। बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।

उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो। फिलिप र एलिजवेथको सन् १९४७ मा विवाह भएको थियो। त्यसको पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्। राजकुमार फिलिपको निधन भएको एक वर्ष नबित्दै महारानी एलिजावेथको निधन भएको हो ।सन् १९३९ मा १३ वर्षकी एलिजावेथ आफ्ना आमाबुवासँग डार्टमथको रोयल नेवल कलेज गएकी थिइन्। त्यहाँ उनको भेट ग्रिसका राजकुमार फिलिपसँग भयो। उनीहरूको यो पहिलो भेट थिएन। तर जब नेवल कलेजमा उनीहरूको भेट भयो, एलिजावेथले राजकुमार फिलिपबारे चासो देखाउन थालिन्।

एलिजावेथ बेलायतकी महारानीका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नबाट कहिल्यै पछि परिनन्। सन् १९९१ को खाडी युद्धपछि उनले अमेरिका भ्रमण गरेकी थिइन्। त्यहाँ उनले अमेरिकी कंग्रेसमा सम्बोधन पनि गरिन्। उनी अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने पहिलो बेलायती महारानी हुन्। तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसले उनको खुब तारिफ पनि गरेका थिए।

मिडियाबाजी डटकम काठमाडौं भाद्र २४। बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। बिबिसीका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ।उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।

स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ। बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो। फिलिप र एलिजवेथको सन् १९४७ मा विवाह भएको थियो। त्यसको पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्। राजकुमार फिलिपको निधन भएको एक वर्ष नबित्दै महारानी एलिजावेथको निधन भएको हो ।सन् १९३९ मा १३ वर्षकी एलिजावेथ आफ्ना आमाबुवासँग डार्टमथको रोयल नेवल कलेज गएकी थिइन्। त्यहाँ उनको भेट ग्रिसका राजकुमार फिलिपसँग भयो। उनीहरूको यो पहिलो भेट थिएन। तर जब नेवल कलेजमा उनीहरूको भेट भयो, एलिजावेथले राजकुमार फिलिपबारे चासो देखाउन थालिन्।एलिजावेथ बेलायतकी महारानीका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नबाट कहिल्यै पछि परिनन्। सन् १९९१ को खाडी युद्धपछि उनले अमेरिका भ्रमण गरेकी थिइन्। त्यहाँ उनले अमेरिकी कंग्रेसमा सम्बोधन पनि गरिन्। उनी अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने पहिलो बेलायती महारानी हुन्। तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसले उनको खुब तारिफ पनि गरेका थिए।
बिबिसीको सहयोगमा

तपाईंको प्रतिक्रिया

थप खबर