बुधबार ११ सय रुपैयाँले बढ्यो सूनको मूल्य,बुधबार प्रतितोला कति ?

  फागुन ०७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन ७ ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार ७ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार ११ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदी बुधबार १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी मंगलबार १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर