मिडियाबाजी डटकम काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १२ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १३ सय ७५ रुपैयाँ कायम रहेको थियो ।