बुधबार भगवान कृष्णको पूजा गर्दै जान्नुहोस् के गर्दा जिन्दगी समृद्ध हुन्छ ?

  फागुन २१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २१ ।  हिन्दू धर्मशास्त्र अनुसार ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार) को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नु पर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ । यस दिन गरिने केही कर्मले जीन्दगीभरी फल दिने मान्यता रहेको छ । हिन्दू धर्ममा गाईलाई पूजनीय मानिन्छ । विशेष गरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तलाई सबै देवी–देवताको कृपा हुने गर्छ भन्ने विश्वास राखिन्छ । यस्तै बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ भन्ने मान्यता छ ।

त्यस्तै बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरूमा पाईन्छ । त्यस्तै जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ । यस्तै बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको पनि यस दिन पूजा अर्चना गर्दा फाइदा पुग्छ । बुध ग्रहलाई भगवान विष्णुको प्रतिनिति पनि मानिन्छ, त्यसैले धन, वैभवआदिका सम्बन्ध बुधसँग छ । बुधको दिशा उत्तर हो र उत्तर दिशा कुबेरको स्थान पनि हो । 

तपाईंको प्रतिक्रिया

थप खबर