मिडियाबाजी डटकम काठमाडौँ , असोज २५ । सुख्खा पहिरो खसेर अवरूद्ध बनेको बीपी राजमार्ग अन्तर्गतको मंगलटार–नेपालथोक खण्ड फेरि खुलेको छ । राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा पहिरो खसेर अवरुद्ध सडक केहीबेरअघि पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार खसेको पहिरोलाई सडकबाट हटाइएको छ भने एकतर्फी रुपमा सवारी सुचारू गरिएको छ । गत असोज १० देखि १२ गतेसम्मको बाढी–पहिरोले बीपी राजमार्ग पूर्णरुपमा अवरूद्ध थियो । आज (शुक्रबार) बिहान विभिन्न स्थानमा डाइभर्सन, कटिङ र फिलिङ गरी राजमार्ग सञ्चालनमा ल्याएकामा पिप्लेमा सुख्खा पहिरो खसेको थियो ।