बिहीबार सुन-चाँदीको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार?

  कार्तिक ०३, २०७९

मिडियाबाजी डटकम काठमाडौं बिहीबार सुनको भाउ १०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।यसअघि, बुधबार छापावाल सुन तोलाको ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर