मिडियाबाजी डटकम काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ २ सय रुपैयाँले घटेर तोलाको १ लाख ९ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार १ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ निर्धारण भएको थियो ।