मिडियाबाजी डटकम काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ७५ रुपैयाँ कायम रहेको थियो ।