मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारबाट महाराजगञ्जस्थित घले निवासमा सरेका छन् । बुढानिलकण्ठस्थित घर मर्मत जारी रहेकोले देउवा महाराजगञ्जस्थित भाडाको घरमा सरेका हुन् ।
पाँचौ पटकसम्म प्रधानमन्त्री बनेका देउवाको बालुवाटारको बसाइ यसपटक १८ महिना रह्यो । २०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। पुस १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन । देउवा बालुवाटारबाट सरेपछि अब प्रचण्ड बालुवाटार सर्ने तयारीमा छन् । बुढानिलकण्ठको निजी निवास मर्मत भइरहेकाले देउवा भाडाको घरमा सरेका हुन् ।