बालविवाह रोकथामको उपाय : २० वर्षपछि विवाह गरेमा सिलिन्डर उपहार

  माघ ०८, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ ८ । बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिन्डर सेट उपहार दिने निर्णय गरेको छ । मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वडा नं ५ ले यस्तो निर्णय गरेको हो । वडाध्यक्ष गरिवे शेषले बालविवाह रोकथाम गर्न यस्तो उपहारको योजना ल्याएको बताए ।

ुहाम्रो वडामा बालविवाह अलि बढी नै छ। त्यसको रोकथामका लागि हामीले सिलिन्डर सेट उपहार योजना ल्याएका छौं वडाध्यक्ष शेषले भने यो योजनाले बालविवाह रोकथाममा सहयोग पुयाउने आशा गरेका छौं । वडाले माघ ३ गतेपछि २० वर्ष उमेर पुगेर विवाह गरेकालाई यस्तो उपहार दिने बताएको छ । उमेर पुगेर विवाह गरेकाले नागरिकता, विवाह हुने प्रमाण, उमेर खुल्ने प्रमाण दुलाहा दुलही दुवैको पेस गर्नुपर्नेछ । यो उपहार योजना वडा नं ५ का स्थायी बासिन्दाका लागि मात्रै लागू गरिएको छ । बाँकेको मधेसी, मुस्लिम बस्तीमा बालविवाह बढी हुने गरेको छ । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

तपाईंको प्रतिक्रिया

थप खबर