मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । आज हेटौंडामा भएको निर्वाचनमा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँलाई पाँच मतले पराजित गर्दै लामा विजयी भएका हुन् ।
लामाले २१ र बानियाँले १६ मत प्राप्त गरे । लामा यसअघि दुई पटक संघीय सांसद भइसकेका छन् । बानियाँ दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।