बसन्त अधिकारीले सम्हाले काठमाडौं महानगरको प्रमुखको जिम्मेवारी

  भदौ २२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, भाद्र २२।सहसचिव बसन्त अधिकारीले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको हो।

करिब साँढे दुई वर्षदेखि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता थिए। सहसचिव अधिकारीले बुधबारदेखि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदबहाली गरेका हुन्। यसअघि काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौड्याललाई संघीय मन्त्रालयमा सरूवा गरिएको छ।महानगरमा पहिले सचिवको दरबन्दी थियो। मन्त्रालयले अधिकारीसहित १० सहसचिवको सरूवा गरेको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर