बजारमा सुनको मूल्य ओरालो लाग्यो, प्रतितोला कतिमा हुँदैछ कारोवार ?

  माघ ३०, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , माघ ३० ।  नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य बुधबार घटेर एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर