फेरि उकालो लाग्यो अमेरिकी डलर, अरू मुद्रामा उच्च गिरावट

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक ३० ।  नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलरको भाउ उच्च भएको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १३४.७४ रुपियाँ र बिक्री दर १३५.३४ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३४.७१ रुपियाँ र बिक्री १३५.३१ रुपियाँ थियो । त्यस्तै अघिल्लो दिन जापानी येन १० को खरिद मूल्य ८.६९ रुपियाँ र बिक्री दर ८.७३ रहेकामा यसदिन खरिद ८.६३ रुपियाँ र बिक्री ८.६७ रुपियाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबारका लागि बहराइन दिनार १ को खरिद दर ३५७.५२ रुपियाँ र बिक्री दर ३५९.१२ रुपियाँ निर्धारण गरिएको छ । अघिल्लो दिनमा भने खरिद ३५७.४१ रुपियाँ बिक्री ३५९ रुपियाँ थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर