फागुन ७ गतेदेखि देशभरका होटल तथा रेष्टुरेन्ट बन्द हुने

  माघ २२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ २२ । सर्वोच्च अदालतले होटल तथा रेष्टुरेन्टमा सेवा शुल्क लिन नपाउने गरी फैसला सुनाएसँगै आन्दोलित बनेका व्यवसायीहरुले फागुन ७ गतेदेखि होटल तथा रेष्टुरेन्ट बन्द गर्ने घोषणा गरेका हुन् ।

सर्वोच्च अदालतले सो फैसलागरेपछि होटल तथा रेष्टुरेन्टमा कार्यरत मजदुरहरुका तीनवटा संगठनले देशभरीका होटल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेका हुन् ।अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष कुमार पन्तले उक्त कुरा बताएका छन् । ‘हामीले लिँदै आएको सुविधामा अदालतले हस्तक्षेप गर्यो’, उनले भने, ‘अब आन्दोलन गर्नुको विकल्प छैन, माघ २७ देखि बुकिङ बन्द गर्छौं र फागुन ७ गतेदेखि सबै होटल बन्द गराउछौँ ।’

तपाईंको प्रतिक्रिया

थप खबर