मिडियाबाजी डटकम काठमाडौं,पौष २९ । धादिङ उद्योग वाणिज्य संघ धादिङले गरेको यसपालीको महोत्सव प्रचारप्रसार खर्च भेटिएको छ । वाणिज्य संघले मनपरी ढङ्गबाट अनलाइन पत्रिकाहरूलाई ए ,बि ,सी क्याटेगोरीमा राखेर पैसा बाँडिएको भेटिएको हो ।
संघका अध्यक्ष बिष्णु थपलियासँग कुरा गर्न खोज्दा संयोजक सँग सम्पर्क गर्नु भन्दै पन्छिएका छन् । कुन आधारमा प्रचारप्रसार खर्च वर्गिकृत गरी बाँडफाँड गरियो यथार्थ बुझ्न खोज्दा संयोजक तथा वाणिज्य संघका महासचिव तिलक सिंखडाले हाम्रो फोन उठाएनन् ।

खासमा समाचार पोर्टलहरुको बर्गीकरण गरिनु उचित नभएको हाम्रो ठम्याई छ । प्रेस काउन्सिल जसरी मिडियालाई बर्गाीकरण गरेर पैसा बितरण हुनु सुखद् समाचार हैन ।