प्रेम एउटा सुन्दर माला जस्तै हो : सुनिता वाइबा

  बैशाख २७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ वैशाख २७। धादिङ जिल्ला नेत्रावाती डब्जोङ, गैरामा जन्मेकी सुनिता वाइबा तामाङ पढाईको सिलसिलामा काठमाडौँ प्रवेश गरेकी हुन् ।

लामो समय देखि नृत्याङ्गना एवंम् मोडल समेत रहेकी सुनिताले स्कृप्ट लेखनसंगै भिडियो निर्देशन पनि गरेकी छिन् । उनको आफ्नै कम्पनी सेम्जोङ फिलिम्स् प्रा.लि. पनि रहेको छ । भविष्यमा सफल कलाकारको रुपमा चिनिन चाहने उनीले काठमाणडौँलाई कर्म थलो बनाइन् । उनको जन्मदिनको अवसरमा हामीले छोटो कुराकानी गरेका छौं :

जीवन के हो ?

-जीवन एउटा सुन्दर फुल हो ।

प्रेम के हो ?

-प्रेम एउटा सुन्दर माला जस्तै हो ।

अहिलेसम्म कति वटा भिडियोमा अभिनय गर्नुभयो ?

-विशेष गरि तामाङ म्हेन्दोमाया, दोहोरी लगायत दर्जनभन्दा बढि म्युजिक भिडियोमा अभिनय गरेको छु ।

कलाकारितालाई कसरी बुझ्नुहुन्छ ?

-कलाकारिता मान्छेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने सशक्त माध्यम हो । कलाकारिता भगवानले दिनुभएको एउटा सुन्दर उपहार जस्तो लाग्छ ।

तपाईंलाई मनपर्ने तीन नेपाली कलाकार ?

-नेपालमा राम्रो अभिनय गर्ने धेरै कलाकारहरु हुनुहुन्छ, विशेषगरि रेखा थापा, आर्यन सिग्देल र मिरुना मगर मन पर्छ ।

तपाईंलाई मनपराउने मान्छे कस्तो होस भन्ने लाग्छ ?

-मलाई बुझ्ने अनि मेरो परिवारको इज्जत गर्ने र हरेक कदममा साथ दिने होस् ।

तपाईंको जीवनोमा एकदमै सम्झने कुनै पल ?

-एकपटक शुटिङ जाँदा जुका लागेर रगत आएको रैछ, म चाहि मेरो टाउको फुटेउ भनेर रोएको एक दम हाँसो उठ्छ सम्झिदा ।

अन्त्यमा ..?

-यसरी नै सधैंभरी दर्शकहरूको माया पाइरहोस् । अगामी दिनहरूमा कलाकारिता क्षेत्रमा अझै राम्रो काम गरेर देखाउने छु ।

तपाईंको प्रतिक्रिया

थप खबर