प्रतिबन्धित औषधि नबेच्न औषधि व्यवस्था विभागको चेतावनी

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , पौष २६ । औषधि व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भने पछि विभागले सार्वजनिक सूचना जारी गरेको हो ।

विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधीहरु, न्युट्रास्युटिकल्सका नाममा तथा औषधीमिश्रित सौन्दर्य प्रसाधनसमेत बिक्री भैरहेको गुनासो आएकाले यसलाई रोक्न चेतावनी दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर