मिडियाबाजी डटकम काठमाडौँ , माघ २४ । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेको अध्यादेहरू निर्णायार्थ प्रस्तुत हुनेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट आज सरकारले हालै ल्याएका ६ वटा अध्यादेश स्वीकृत गर्ने कार्यसूची छ। दुवै सभाबाट अध्यादेश स्वीकृत गराएर प्रतिस्थापन विधेयक ल्याउने सरकारको तयारी छ ।
तर, राष्ट्रिय सभामा अध्यादेश स्वीकृतका लागि आवश्यक संख्या सत्तारूढ दललाई पुर्याउन नदिने विपक्षीको कसरत थप घनिभूत बनेको छ । राष्ट्रिय सभामा रहेका दलहरूले आजको बैठकमा अनिवार्य उपस्थित हुनका लागि सांसदहरूलाई निर्देशन दिएका छन् ।