प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन : उपप्रधानमन्त्री पौडेल

  चैत २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २९ ।  सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्ने बताएका छन् ।

बुटवलमा नेकपा एमालेले आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राखे । ‘प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन’, उनले भने, ‘राजनीतिक दलहरूले नै हो मुलुकलाई अगाडि बढाउने ।’

देशको व्यवस्था बदल्ने उद्देश्यले अघि बढेकाहरू अब मुलुक निर्माणतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । ‘दरबारिया र राजतन्त्रका मतियारविरुद्ध कहिल्यै नउठ्ने गरी सडकमा पछार्नु पर्छ’ उनले भने । सही र सक्षम नेतृत्वले मात्र देशलाई अगाडि बढाउन सक्ने उनको विश्वास छ ।

तपाईंको प्रतिक्रिया

थप खबर