मिडियाबाजी डटकम काठमाडौं,माघ १ । पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा उद्धारको काम भइरहेको छ । अप्ठ्यारो खोँच र मान्छेको भिडले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । समयमै दमकल पुग्न नसक्दा आगो निभाउन नै झन्डै तीन घण्टा लागेको छ ।
पोखराको पृथ्वी चोकबाट सेती नदीको किनार रहेको बाटोका साथै बुद्ध चोकबाट आगो निभाउनका जाने दमकल एवम् पानीका ट्याङ्कर पुर्याउनसमेत समस्या भएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । भिडभाडका कारण दुर्घटनास्थलमा मोबाइल सम्पर्क पनि असहज बनेको छ । अहिले आगो निभाइएको र खोजी तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।