पोखरा महानगरपलिकाका बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिए

  बैशाख १६, २०७९

१६ वैशाख, काठमाडौं , पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिएका छन् ।यसअघि मेयरमा उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन फिर्ता लिएका हुन् ।मनोनयन फिर्ता लिएपछि सापकोटाले केही दिन सांकेतिक विद्रोह गरेको तर आफूहरुको कारणले राष्ट्रको स्थिति असहज हुने देखेर फिर्ता लिएको बताए ।
त्यस्तै तिवारीले भने कांग्रेसको इमान्दार कार्यकर्ताको हैसियतमा पार्टीको निर्णय मानेर सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिनु आफूहरुको दायित्व भएको बताए ।पोखरा महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी राष्ट्रिय जनमोर्चा गठबन्धनले मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । तर कांग्रेसबाटै बागी उम्मेदवारी दिएका विमल कार्कीले उम्मेदवारी फिर्ता लिइसकेका छैनन् ।

तपाईंको प्रतिक्रिया

थप खबर