पेट्रोलियम पदार्थको मूल्य घट्दै

  असार ११, २०७९

मिडियाबाजी डटकम काठमाडौं,आषाढ ११। गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको स्रोतले मिडियाबाजीलाई जानकारी दिएको छ । यससम्बन्धी घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आज दिउँसो साँढे १२ बजे पत्रकार सम्मेलन आयोजना गर्दै छन् ।

हिजो उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो । सोही निर्देशन तथा चौतर्फी विरोध भएपछि आज गठबन्धन नेताहरूबीच मूल्य घटाउन सहमती भएको स्रोतले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर