राप्रपा नेपाल सम्बद्ध जनवर्गीय संगठनहरूले पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धिको विरोध गर्दै अहिले साँझ राँके जुलुस प्रदर्शन गरेका छन् । काठमाडौंको विशालनगरबाट शुरु भएको जुलुस भाटभटेनी हुँदै बालुवाटार प्रवेश गरेको थियो ।
बालुवाटार राष्ट्र बैंक अगाडिबाट बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको पार्टीका केन्द्रिय सदस्य पुरु दाहालले जुलुसमा मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने, कालोबजारी र भ्रष्टाचारको अन्त्य हुनुपर्ने, भ्रष्ट ,दलाल , घुस खोरलाई कार्बाही हुनुपर्ने जस्ता नारा लागेको थियो । युवा संगठनका अध्यक्ष कैलाश कटुवालले मूल्य वृद्धि फिर्ता नलिए विरोध थप चर्काएर लैजान्ने बताए । जुलुसलाई कटवाल लगायत युवा मोर्चाका नेता गृष्म बिक्रम मल्ल , विद्यार्थी संगठनका चेतराज सिंह, सचिन अधिकारी लगायत नेताले नेतृत्व गरेका थिए भने पार्टीका उपाध्यक्ष लाक्पा तामाङ लगायत पार्टी नेताहरु समेत जुलुसमा सहभागी थिए ।