मिडियाबाजी डटकम काठमाडौं। पूर्व प्रधानसेनापति रुक्मांगद कटुवाललाई स्वास्थ्यमा समस्या आएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । ७३ बर्षीय कटुवालको दुवै मृगौलामा समस्या आएपछि उपचारको लागि सैनिक अस्पतालमा भर्ना गरिएको हो । पारिवारिक स्रोतका अनुसार उनको दुवै मृगौला फेर्नुपर्ने अवस्थामा रहेको हामीलाई जानकारी प्राप्त भएको छ।