पूर्वी नवलपरासीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

  बैशाख २१, २०७९

२१ बैशाख ,पूर्वी नवलपरासीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।हुप्सेकोट गाउँपालिकामा अध्यक्षका लागि कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष उम्मेदवार पूर्णसिंह रानामाथि एमाले कार्यकर्ताले मंगलबार आक्रमण गरेको आरोप कांग्रेसको छ।लक्ष्मीदेवी निवर्तमान गाउँपालिका अध्यक्ष पनि हुन् |


लगभग ५०/६० वटा मोटरसाइकल र केही संख्यामा गाडीमा आएका एमाले कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गरेको कांग्रेसको दाबी छ। झडपमा परेर कांग्रेस र एमालेतर्फ गरी ६ जना घाइते छन्। उनीहरूलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।यस्तै उम्मेदवार पाण्डे सवार स्कारपियो गाडीका सीसा पनि फुटाइदिएका छन्।
चुनावी प्रचारको कार्यक्रम सकेर फर्कने क्रममा आफ्ना उम्मेदवारहरूमाथि लाठी, खुकुरीलगायतले आक्रमण भएको कांग्रेस नवलपरासी पूर्वले जनाएको छ। एमालेले भने कांग्रेसले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको दाबी गरेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर