पूर्वानुमान : आज कोशी, बागमती र सुदूरपश्चिममा भारी वर्षा हुने, तीन दिनको मौसम कस्तो छ ?

  श्रावण ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । आज देशभर बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ । त्यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । अहिले देशभर बदली रही गण्डकीका केही, कोशी, बागमती र लुम्बिनीका थोरै तथा मधेश, कर्णाली र सुदूरपश्चिमका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा देशभर बदली रही कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

शुक्रबार देशभर बदली रही सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । बाग्मती र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । शुक्रबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर