पूर्वराजा आउने भएपछि विमानस्थलमा सुरक्षा कडाई, यात्रु र स्टाफ बाहेकलाई प्रवेश निषेध

  फागुन २५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २५। पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउने भएपछि त्रिभुवन विमानस्थल अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडाई पारिएको छ ।
आज पोखराबाट पूर्वराजा शाह काठमाडौं आउँदा उनको स्वागतमा राजावादीको भीड हुने भएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडाई पारिएको हो ।

विमानस्थलमा टिकट लिएका यात्रु र त्यहाँका स्टाफ बाहेक अरुलाई प्रवेश निषेध गरिएको विमानस्थल स्रोतले जनाएको छ । काठमाडौंमा भिडभाड बढ्ने भएपछि प्रहरीले पनि काठमाडौंका मुख्य स्थानको सुरक्षा व्यवस्था कडा पारेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर