पाल्पामा रूखबाट खसेर एक युवाको ज्यान गयो

  असोज २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज २९। पाल्पामा रूखबाट खसेर एक जना युवाको ज्यान गएको छ ।अरिङ्गाल पोल्ने क्रममा सालको रुखबाट खसेर तिनाउँ गाउँपालिका-२ हापुरेका ३० वर्षीय विष्णुबहादुर सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घर नजिकैको तारे जङ्गलमा छिमेकी पूर्णबहादुर राना र विष्णु अरिङ्गाल पोल्न रुखमा चढेका थिए । रुखबाट खसेका सारुलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा पठाइए पनि उपचारका क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ

तपाईंको प्रतिक्रिया

थप खबर