पहिले कांग्रेसबाट र अहिले विवेकशील साझाबाट जिते पालिका अध्यक्ष

  जेठ ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं। बाराको फेटा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विवेकशील साझाका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष जितेका रुस्तम पहिले नेपाली कांग्रेसबाट यही गाउँपालिकाको अध्यक्ष थिए।यो चुनावमा अध्यक्षमा रुस्तम अन्सारी र उपाध्यक्षमा बसरा खातुन विजयी भएका हुन्।अन्सारीले ४४८५ मत ल्याएका छन्।उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मदनप्रसाद साह कानूले २३९९ मत पाएका छन्।

यस्तै उपाध्यक्षमा निर्वाचित बसरा खातुनले ३५७० मत पाएकी छन्।उनका प्रतिद्वन्द्वी एमालेकी कमरुन खातुनले २३३३ मत ल्याएकी छन्।योसँगै विवेकशील साझाले पहिलो पालिकामा जित दर्ता गरेको हो। यसअघिको निर्वाचनमा फेटा गाउँपालिका अध्यक्षमा अहिले निर्वाचित अन्सारी नै निर्वाचित भएका थिए।त्यो बेला उनी नेपाली कांग्रेसमा थिए । यसपालि पनि कांग्रेसबाटै उठ्ने तयारीमा रहेका उनी अन्तिम समयमा विवेकशील साझाबाट उठेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर