पश्चिम नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना

  माघ १०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १० । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पश्चिमी भागमा न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसले गर्दा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर