पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना पुष्टि १ जनाको मृत्यु

  श्रावण १६, २०७९

मिडियाबाजी डटकम काठमाडौं । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ६५८ जनाको पिसिआर र २ हजार २२४ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् । यस्तै, कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर