पछिल्लो २४ घण्टामा ८६८ जनामा कोरोना संक्रमण पुष्टि ३ जनाको मृत्यु

  श्रावण २५, २०७९

मिडियाबाजी डटकम काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्रै कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । यसैक्रममा पछिल्लो २४ घण्टामा ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ हजार ७०५ जनाको परीक्षण गर्दा कुल ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यसमध्ये ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा त्यसमध्ये ३७२ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी गराएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् । 

तपाईंको प्रतिक्रिया

थप खबर