मिडियाबाजी डटकम काठमाडौं । बुधबार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ हजार ८०६ जनाको पिसिआर र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका छन् । १ जनाको भने कोरोना संक्रमणबाट मृत्यु भएको छ ।