मिडियाबाजी डटकम काठमाडौं,पौष १७। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा कलंकी शाखाबाट मात्रै नौ जना एमडिआरटी हुन सफल एका छन्।
लाईफ ईन्स्योरेन्स कम्पनीहरूको अन्तर्राष्ट्रिय छाता संगठन एमडिआरटी (मिलियन डलर राउन्ड टेबल) क्वालिफाईड हुनको लागि २०२२ जनावरी १ देखि २०२२ डिसेम्बर ३१ तारिखसम्ममा आफ्नो व्यक्तिगत एजेन्सी कोडमा नेपाली रू. ३७९२३००(सैंतिस लाख बयानब्बे हजार तीन सय) प्रथम बिमाशुल्क संकलन गर्नुपर्ने थियो ।
सो संगठनमा सहभागी हुन योग्य भएका व्यवसाय अधिकृतहरूमा क्रमशः एकराज शर्मा,प्रकाश श्रेष्ठ,रूपक पराजुली,विनोद शर्मा,बबिता श्रेष्ठ, कविता मोक्तान, सुमित्रा कुमारी विश्वकर्मा, रविन्द्र लामिछाने,र दिपक अर्याल रहेका छन् । अघिल्लो वर्ष यो शाखाबाट चार जना एमडिआरटी( मिलियन डलर राउन्ड टेबल) हुन सफल भएका थिए। यही उर्जाका साथ व्यवसाय हुँदै गर्दा यो वर्ष झन् धेरै एमडिआरटी क्वालिफाईड बनाउन सफल हुने शाखा प्रमुख रामचन्द्र घिमिरेले मिडियाबाजीलाई जानकारी दिएका छन्।