नेशनल लाइफ पेशागत अभिकर्ता विमक संघ कलंकीको प्रथम भेला तथा गठन सम्पन्न

  चैत ०३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत ३।बीमा अभिकर्ताहरूको हकहितका लागि गठित “पेशागत बीमा अभिकर्ता संघ नेपाल राष्ट्रिय ट्रेड यूनियन संघ” अन्तर्गतको विमक संघको नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड कलंकी शाखाको प्रथम भेला २०७९ सम्पन्न भएको छ।

भेलाले १५ सदस्यीय कार्यसमिति चयन गरेको छ। यो नेशनल लाइफको शाखाबाट भएको नेपालकै प्रथम भेला हो । बिनोद कोईरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यसमितिको पदाधिकारीहरूको नामावली निम्नानुसार रहेका छन् :-
१.विनोद कोईराला (अध्यक्ष)
२.कविता मोक्तान (उपाध्यक्ष)
३.प्रकाश श्रेष्ठ (कोषाध्यक्ष)
४.रविन्द्र लामिछाने (सचिव)
५.सुमी लोहनी (सह-सचिव)
सदस्यहरू
१.एकराज शर्मा
२.रुपक पराजुली
३.पार्वती पण्डित
४.सम्झना श्रेष्ठ
५.गिता लामा
६.शकुन्तला राना
७.रविन्द्र रोक्का
८.आकृति पाण्डे
९.सरिता शर्मा
१०.सन्चा मोक्तान
भेलामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी विमक संघको केन्द्रीय कोषाध्यक्ष श्याम कुमार श्रेष्ठ, सह-सचिव यतिराज अधिकारी, केन्द्रीय सदस्य दिपक अर्याल , केन्द्रीय सदस्य सुमन श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो।

यो कार्यक्रमलाई भिडियो भिडियोमा हेर्नुहोस्:-

पदाधिकारीहरूले संघको विधानको अनुसूची -१ बमोजिम सपथ समेत केन्द्रीय कोषाध्यक्ष श्याम कुमार श्रेष्ठ सामु आजै लिएका छन्।

हेर्नुहोस् सपथ ग्रहणको तस्बिर:-

तपाईंको प्रतिक्रिया

थप खबर