नेपाल शिक्षक महासङ्घको दोस्रो आन्दोलन : रिले अनसन सुरु

  चैत ०६, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको छ । सरकारले महासङ्घसँग सहमति कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले महासङ्घले रिले अनसन सुरु गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज बिहान ८ बजेदेखि सुरु गरिएको अनसन बेलुका ६ बजेसम्म रहने महासङ्घले जनाएको छ ।

आज पहिलो दिन महासङ्घका सहअध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीको नेतृत्वमा १५ जना महिला शिक्षक–कर्मचारी अनशनमा बसेका छन् । हरेक दिन अनशन बिहान ८ बजेबाट सुरु भई बेलुका ६ बजेसम्म चल्ने महासङ्घले जनाएको छ । रिले अनसन चैत १५ गते सम्म चल्नेछ । त्यसपछि चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शिक्षक कर्मचारीको आन्दोलन हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर