नेपाल पर्यटन बोर्डमा ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ सम्पन्न

  मङि्सर १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १५। हिजो नेपाल पर्यटन बोर्डमा उर्वरा फाउण्डेशन नेपालले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ सम्पन्न भव्य रुपमा सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता फाउण्डेशनकी अध्यक्ष देवकी अभिलाषीले गरेकी थिइन्।कार्यक्रममा सभापतिको रूपमा वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको उपस्थिति थियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा युवा नेता तथा समाजसेवी पेमा छिरिङ शेर्पा, कलाकार तथा पत्रकार सूर्य चन्द, बरिष्ठ गीतकार शीतल कादम्बिनी, निर्देशक कलाकार उमेश गुरुङ लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमा प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका महामन्त्री,पूर्व स्वास्थ्यमन्त्री तथा लोकप्रिय युवा नेता गगन थापा रहेका थिए। कार्यक्रम प्रमुख अतिथिको पर्खाईको कारण निर्धारित समयभन्दा केही ढिला सुरूवात भएको थियो। कार्यक्रममा रूपक डोटेलबाट गायन तथा रिना थापा मगरबाट जोडदार नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रममा ,उर्वरा राष्ट्रिय लोक प्रतिभा सम्मानबाट सुरेन्द्र गुरुङ,उर्वरा राष्ट्रिय जलविद्युत ऊर्जा सम्मानबाट गणेश कार्की, उर्वरा राष्ट्रिय संगीत सम्मानबाट चर्चित गायक अशोक मुकारुङ, उर्वरा डायोस्पोरा संगीत सम्मानबाट गायक जीवन शर्मा,उर्वरा डायोस्पोरा समाजसेवी सम्मानबाट समाजसेवी हेम थापा,उर्वरा राष्ट्रिय रेडियो पत्रकारिता सम्मानबाट गीतकार,रेडियो,पत्रकार तुलसी बस्नेत,उर्वरा राष्ट्रिय सम्मानबाट कवि पर्यटन व्यवसायी सुमन घिमिरे उर्वरा डायोस्पोरा साहित्य सम्मान बाट कवि/साहित्यकार नरेश काङमाङ,उर्वरा राष्ट्रिय पर्वतारोहण सम्मानबाट सगरमाथा आरोही देउराली चाम्लिङ,उर्वरा राष्ट्रिय बहु आयामिक कला सम्मानबाट कलाकार लक्ष्मण श्री,उर्वरा राष्ट्रिय युवा उद्यम सम्मानबाट हरी ठकुरी,उर्वरा राष्ट्रिय समाजसेवा रत्न सम्मानबाट रिमा सापकोटा,उर्वरा डायोस्पोरा गीतकार सम्मानबाट गीतकार भुपेन्द्र महत र उर्वरा समाजसेवी सम्मानबाट समाजसेवी शोभाकन्त पाण्डे समानित भएको छन्।

मौलिक नृत्यबाट एलिजिबा पुर्जा पुन , गायिका अमृता नेपाली, भिडियो निर्देशक समाजको कोषाध्यक्ष तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुर समितिको सल्लाहकार बबिता श्रेष्ठ पुरी,तथा प्रियसी म्युजिक प्रा.लिको सञ्चालक राजेन्द्र पुरीलाई सम्मानित गरिएको थियो। उनीहरूलाई कार्यक्रको प्रमुख अतिथि तथा कार्यक्रम सभापतिद्वारा खादा ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन कलाकार राजेश बर्देवाले गरेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर