मिडियाबाजी डटकम काठमाडौँ ,वैशाख २८ । नेपाल टेलिकमलाई मोबाइल सेवाको नयाँ अनुमतिपत्र लाइसेन्स जारी गर्न बिहीबारको मन्त्रिपरिषद् बैठकले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। दूरसञ्चार ऐनको दफा २० बमोजिम सरकारले प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ ।
नेपाल टेलिकमको लाइसेन्सको २५ वर्षे अवधि सकिन एक दिन मात्रै बाँकी रहेको र नयाँ अनुमतिपत्र के कसरी जारी गर्ने भन्ने विषयमा नीतिगत अन्योल रहेका बेला मन्त्रिपरिषद्ले नयाँ लाइसेन्स दिन भनेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको लाइसेन्स अवधि एक वर्ष थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । नेपाल टेलिकमले २०५६ वैशाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको अनुमति लिएको हुँदा आज यसको २५ वर्षे अवधि पूरा भएको द्ध । दूरसञ्चार ऐन २०५३ को दफा २५ मा अनुमतिपत्रको अवधि बढीमा २५ वर्ष हुने उल्लेख छ ।