मिडियाबाजी डटकम काठमाडौं,पौष ६। नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् ।
दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो ।संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो ।तर बुधबार बिहान भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगनले २५ मत मात्र पाएका छन् ।
आखिर किन यस्तो भयो त कांग्रेसभित्र ठुलो बहसको विषय बनेको छ। नेपाली कांग्रेस परिवर्तनको पक्षमा छ कि यथास्थितिमा रहिरहन खोजेको छ भन्ने कुरा यो निर्वाचनबाट पनि प्रष्ट भएको छ।