नेपालले चारदेशीय महिला टी-२० सिरिजको तेस्रो खेलमा जापानलाई हरायो

  मङि्सर ०२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर २ ।  नेपालले चारदेशीय महिला टी-२० सिरिजको तेस्रो खेलमा जापानलाई पराजित गरेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा अलआउट हुदै ४६ रन मात्र बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो ।

यसअघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउदै ११३ रन बनाएको थियो । जापानलाई कम रनमा समेट्न नेपाली बलर संगीता राईले ५ विकट लिएकी थिइन् ।

सिरिजमा दुई खेलमा हार र एक खेलमा जितसहित नेपाल र तीन खेलमा हार बेहोरेको जापान फाइनलको दौडबाट बाहिरिइसकेका छन् । नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो ।

आजै आयोजक हङकङ र तान्जानियाबीच पनि खेल हुदै छ । दुवै फाइनलमा पुगिसकेकाले आजका खेलको नतिजाले कुनै असर भने गर्ने छैन ।

अब आइतबार तेस्रो स्थानका लागि नेपाल र जापानबीच हुने छ भने फाइनल खेल पनि आइतबार हङकङ र तान्जानियाबीच हुने छ ।

तपाईंको प्रतिक्रिया

थप खबर