नेपालमा पछिल्लो साँढे दुई महिनामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

  श्रावण ०१, २०७९

मिडियाबाजी डटकम काठमाण्डौं।नेपालमा पछिल्लो साढे दुई महिनामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह- प्रवक्ता समिर अधिकारीका अनुसार ७३ दिन पछि आइतबार (साउन १) नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको हो।

‘गत वैशाख २१ गते एक जनाको मृत्यु भएको थियो,’ अधिकारीले सेतोपाटीसँग भने, ‘त्यसभन्दा अघि चैत ८ गते एक जनाको मृत्यु भएको थियो।’अधिकारीले धेरै अन्तरालपछि कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए। अधिकारीका अनुसार फागुनको पहिलो र दोस्रो साता कोरोना संक्रमित बिरामीको मृत्यु हुने दर उच्च रहे पनि पछिल्लो समय घटेको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३ हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

तपाईंको प्रतिक्रिया

थप खबर